
अस्पताल निर्माणको बिषयलाई लिएर बैतडीको मेलौली नगरपालिकामा लागेको ताला खुलेको छ । वडा नम्बर ७ का स्थानीयहरुले १५ शैयाको अस्पताल केशरपुर स्वास्थ्य केन्द्रमै बनाउनुपर्ने माग राख्दै मगंलबार पालिकाका सबै शाखामा तालाबन्दि गरेका गरेका थिए ।
बन्दकर्तालाई छलफलका लागि बोलाउदा उपस्थित नभएको र सोवाग्राहिले कार्यालय खोल्नुपर्छ भन्ने दवाब सिर्जना गरेका कारण बिहीबार ताला खुलेको हो । तालाबन्दि कुनैपनि बिषयको स्थायी समाधान नभएकाले ईलाका प्रहरी कार्यालय मेलौलीको रहोबर, वडा न १ का वडा अध्यक्ष शरद सिह नेगि, वडा न ३ का वडा अध्यक्ष गगन सिह भाट र कार्यपालीका सदस्य बिजय पोखरेलको उपस्थितिमा ताला खुलेको कार्यबहाक नगर प्रमुख कृष्णदत्त भट्टद्धारा जारि बिज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
कुनै बिषयमा असहति भएमा पुनः शान्ति पुर्बक ढगंबाट बार्ता र छलफलमा आउन नगरपालीकाले आह्वान गरेको छ ।
By Melaulinews