संघीय सचिवालयले नवनिर्वाचित सांसदहरुलाई सपथ ग्रहण समारोहका लागि तयारी सुरु गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा भौतिक व्यवस्थापनको काम भइरहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।



नवनिर्वाचित २७५ सांसदलाई सपथ गराउनका लागि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति भवनमा सपथका लागि पठाइएको छ । बिहिबार दिउँसो १ बजे हुने सपथका बेला स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि आमन्त्रण गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

यस्तै सांसदहरुलाई आकस्मिक उपचार सेवाको पनि व्यवस्था गरिएको संघीय संसदका चिकित्सक डा.पुष्प रिजालले जानकारी दिए । प्राथमिक उपचारको व्यवस्था, मेडिकल एक्सपोर्ट टिम को को राख्ने भन्ने तयारी भइरहेको उनले बताए ।

सपथपछि सांसदहरुका लागि सचिवालयले संसद भवन परिसरमा चियापान समेत गराउने भएको छ ।