
कैलालीको अत्तरियामा गोली चलेको छ। अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ।

अत्तरियाको पुर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोलीबाट सुन व्यवसायी विकास सुना घाइते भएका छन्।
घोडाघोडी सुनचाँदी पसलका सञ्चालक सुनारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि माया मेट्रो अस्पताल धनगढी रेफर गरिएको छ।

गोली कसले चलाएको हो भन्नेबारे खुलेको छैन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
By dineshkhabar