काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टिनिकट विध्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन’ ले तत्काल स्वतन्त्र विध्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तत्काल मिति तोकि निर्वाचनको कार्यतालिका निर्धारण गरि चुनावको वातावरण तयार गर्न माग गर्दै त्रिभुवन विश्वविध्यालयमा ज्ञापनपत्र बुझाएको छ । त्रि वि को क्यालेण्डर अनुसार २/२ बर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत २०६५ सालदेखि हालसम्म हुन सकेक छैन । ठुला भनिएका संगठनहरूको आन्तरिक खिचातानी र त्रि वि को अक्षमताका कारण स्ववियु चुनाव हुन नसकेको राप्रविसंले आरोप लगाएको छ । राप्रविसंले त्रि वि को क्यालेन्डर अनुरुप फागुन १४ मा स्ववियुको निर्वाचन गर्ने गरि तत्काल मिति तोकि कार्यतालिका सार्वजनिक गर्न समेत माग गरेको छ । उपर्युक्त मितिमा चुनावको वातावरण तयार नगरेमा राप्रविसं कडा संघर्षमा उत्रने समेत विज्ञप्ति मार्फत चेतावनि दिएको छ । ज्ञापन पत्र बुझ्दै त्रि वि विध्यार्थि कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारिले स्ववियु निर्वाचन राज्यबाट सहयोग भएमा कुनै पनि हालतमा गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।
ज्ञापनपत्र

