नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा सम्बद्ध अनेरास्ववियु ( क्रान्तिकारी ) माडी नगर समितिले माडी क्याम्पसमा आर्थिक अनियमितता तथा शिक्षक व्यवस्थापन नभएको भन्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
क्याम्पस प्रशासनलाई हस्तान्तरित ध्यानाकर्षण पत्रमा माडी क्याम्पस संचालक समिति तथा क्याम्पस प्रमुखको मिलेमतोमा विभिन्न वाहन र व्यक्तिगत प्रयोजनकालागि आर्थिक हिनामिना भएको भन्दै क्याम्पसको पछिल्लो ३ वर्षको स्टेटमेन्ट सार्वजनिक गर्न माग गरेको छ ।
त्यस्तै माडी नगरपालिका भित्रका बिभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुले आंशिक समयमा अध्यापन गराउँदै आएका शिक्षकहरूलाई क्याम्पसले कानुन विपरीत दोहोरो स्थाई र सञ्चय कोषको सुविधा दिएको भन्दै सो काे कानुनी आधार सार्वजनिक गर्न जोडदार माग गर्दछौं ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
उक्त विषयहरूको ४८ घण्टा भित्र सम्बोधन नगरी नजरअन्दाज गर्न खोजिएका संघर्षमा जान बाध्य हुने संगठनका माडी नगर अध्यक्ष रुजित अर्यालले चेतावनी दिनुभयो ।
२०७९ भदौ २६ गते शनिबार दिन ०२ :४२ मा प्रकाशित