मन्त्री श्रेष्ठले जिम्मेवारीमा रहेका उच्च पदस्थ कर्मचारी र निर्माण व्यवसायीलाई बोलाएर काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न १५ दिने समयसीमासहित निर्देशन दिए । उनले पुस १९ मा दिएको समयसीमा माघ ३ मा सकियो । तर, काठमाडौंका सडकमा खाल्डाखुल्डी असरल्ल छन् ।

काठमाडौँ — सरकारमा जिम्मेवारी लिनेबित्तिकै नेताहरु सम्बद्ध मन्त्रालयमा आफ्नो आदेशबाट काम भएको देखाउन पछि पर्दैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेतृत्वको जिम्मेवारी पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यसै गरे ।
मुख्य सडक मात्र होइन, धोबीखोला करिडोरको अवस्था पनि उस्तै छ । जताततै खाल्डैखाल्डा छन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीलाई मन्त्रालयमा बोलाएर खाल्डाखुल्डी पुर्न मन्त्रीले निर्देशन दिएका थिए ।
अहिले बढी सवारी चाप हुने शंखमूल, पुरानो तथा नयाँ बानेश्वरको भित्री सडक, कालोपुल, चाबहिल, टेकु, अनामनगर, बालाजु, विजेश्वरी, कपनलगायत क्षेत्रमा खाल्डैखाल्डा छन् । कतै खाल्डो खनेर ढुंगा थुपारिएको छ त कतै खनेर अलपत्र छाडिएको छ । मन्त्री श्रेष्ठले गत बुधबार काठमाडौं, ललितपुर महानगर, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायलाई बोलाएर सडकका खाल्डाखुल्डी पुर्नेबारे छलफल गरेका
मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । जहाँ–जहाँ खाल्डाखुल्डी छन्, ती मेलम्ची खानेपानी र विद्युत् प्राधिकरणका कारण भएका छन् । पुर्न सम्बन्धित निकाय तयार भएको उनको भनाइ छ । तर, मन्त्रीले तोकेको समयमा भने न खाल्डाखुल्डी पुरिए, न त उत्यकामा लामो समयदेखि अलपत्र सडकमा सुधार भएको छ । मन्त्री श्रेष्ठले उपत्यका बाहिरका सडकका खाल्डाखुल्डी पनि पुस १९ देखि १ महिनाभित्र पुरिसक्न निर्देशन दिए । तर, उनले दिएको समय सकिन १२ दिन बाँकी छँदा प्रगति केही छैन । खाल्डाखुल्डी उस्तै छन् ।