२४ पुस, काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको जनाएको छ ।
विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/11/250x250-ridhi-sidhi-cement-1.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/250x2502.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/12/250X250.gif)
विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारकार सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/250X2502.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2023/01/E712366E-098A-4F58-9B2C-ED66658F1B06.jpeg)
त्यसै दिन राहदानी विभागले भने प्राविधिक समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेको सूचना निकालेको थियो । विभागले सर्भरमै समस्या आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्राविधिकले समेत विभागको अनुगमन गरेका थिए ।
यस्तै सर्भरमा देखिएको समस्या समाधानका लागि सफ्टवेयर बनाउने अन्तर्राष्ट्रिय कम्पनीबाट समेत प्राविधिक नेपाल आएका थिए
onlinekhabar