काठमाडौं स्थित इजरायली दूतावासले नेपाल प्रहरीलाई प्रशंसा पत्र प्रदान गरेको छ।
दूतावासमा खटिएका कर्मचारीले प्रतिवद्ध भएर प्रदान गरेको सुरक्षाको सम्मान गर्दै दूतावासले प्रसंसापत्र प्रदान गरेको हो।
दूतावासले फिटनेस नेपालसँगको सहकार्यमा शारीरिक व्यायाम पनि आयोजना गरेको थियो।
नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुई राष्ट्र आपसी हितका लागि विभिन्न क्षेत्रमा निरन्तर सहयोग र सहकार्य गरिरहेका छन्।



कृषि, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका विभिन्न क्षेत्रमा दुवै देशलाई फाइदा पुग्ने विश्वास दूतावासको छ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९